बझाङमा भूकम्पले भत्केका संरचना यथाशीघ्र पुनर्निर्माण गर्छौँ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही मंगलबार पटक पटकको भूकम्पबाट ठूलो क्षति ब्यहोरेको बझाङमा पुनस्र्निर्माणलाई यथाशीघ्र अघि बढाउने बताएका छन्।

चैनपुरस्थित जिल्ला प्रशासन कार्यलयमा भएको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन्। चैनपुरमा भूकम्पको क्षति अवलोकनपछि उनले राहत, पुनस्र्स्थापना र पुनस्र्निर्माणका लागि कार्यक्रम घोषणा गरेका हुन्।

उनले भूकम्पबाट कहाँ, के, कति क्षति भएको होरु एकिन गरेर सामान्य मर्मत सम्भार गर्नुपर्ने, प्रबलीकरण गर्नुपर्ने वा पुनस्र्निमाण गर्नुपर्ने काम अघि बढाइने उनले बताए।

दाहालले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार उपलब्ध गराइने बताए।

भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने पनि उनले बताए।

राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सामग्रीहरुको व्यवस्थापन भएको पनि दाहालले बताए। थप सामग्री आवश्यक परे तीनै तहका सरकारको समन्वयमा मिलाइने उनले बताए।

सम्बोधनका क्रममा उनले भूकम्पमा घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको जानकारी दिए। भूकम्पले निम्त्याएको पहिरोमा मृतकप्रति श्रद्धाञ्जली दिँदै उनले मृतक परिवारलाई तत्काल २ लाख सहयोग दिने पनि बताए।

भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुनस्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई अघि बढाइने बताए।

दाहालले यसअघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनस्र्निर्माण जस्तै स्थानीय सामाग्री प्रयोग गरी सुरक्षित पुनस्र्निमाण थालिने जानकारी दिए। सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल आदि क्षति पुगेका संरचनाहरूको मूल्यांकन गरी यथाशीघ्र पुनः निर्माण थालिने दाहालले बताए।