१३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गर्ने पाँच जना पक्राउ

सुर्खेत – सुर्खेत प्रहरीले सामुहिक बलत्कारमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । शनिवार प्रहरीले पश्चिम सुर्खेतस्थित एक १३ वर्षीया बालिकालाई सामुहिक बलत्कारमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो ।

बिहीबार राति घर नजिकै नाच हेर्ने गएकी बालिकाकालाई पाँच जनाले फरक फरक ठाउँमा बलत्कार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँको भएका कारण बलात्कारको घटना योजनावद्ध रूपमा घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शनिबार बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । फरक–फरक ठाउँमा तीन जनाले बलात्कार गरेको, एक जनाले बलात्कार प्रयास गरेको र एक जना साथमा गएर बोलाउने काम गरेको भन्ने कुरा आरोपीहरूले स्वीकारेका छन् ।

एकै रात फरक–फरक ठाउँमा घटना भएकोले त्यसको विस्तृत अनुसन्धानमा प्रहरी लागेको छ । प्रहरीले अहिले आरोपीहरूको उमेर बुझ्न उनीहरूको जन्मदर्ताको प्रमाण पत्र खोजिरहेको जानकारी दिएको छ ।