आइएमई लाइफको वार्षिकोत्सवका अवसरमा रक्तदान

सुर्खेत । आइएमई लाइफ इन्सोरेन्स कर्णाली प्रदेश सुर्खेत कार्यालयको आयोजनामा रक्तदान र बजार ¥याली कार्यक्रम सम्पन्न भएको छ ।

आइएमई लाइफले आफ्नो छैटौ बार्षिक उत्सवका अवसरमा वीमा सम्बन्धि सचेतना फैलाउन बजार ¥याली सहित रक्तदान कार्यक्रम गरेको हो । बीमा अभिकर्ताहरुको उत्साहजनक सहभागिताका साथ बजार ¥याली सम्पन्न भएको कार्यालय प्रमुख धिरेन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार बजार ¥यालीपछि औपचारिक कार्यक्रम समापन गरेर रक्तदान गरिएको हो । रत्तदान कार्यक्रममा सहभागीमध्ये १५ जनाले रत्तदान गरेका छन् ।

औपचारिक कार्यक्रममा बोल्दै बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीले पछिल्लो समय जीवन बीमा कम्पनीहरुमध्ये आइएमई लाइफ इन्सोरेन्सले पनि राम्रो काम गरेको बताए । बजारमा वीमा भन्ने वित्तिकै नागरिकले नाम खुम्च्याउने स्थिति रहेको भन्दै यसबारे कमिकमजोरी पत्ता लगाउन पनि प्राधिकरणले छलफल गरिरहेको उनको भनाइ छ ।

नागरिकलाई बीमा गर्न उत्साहित बनाउनुपर्नेमा बीमा अभिकर्ताले जोड दिनुपर्ने उनको सुझाव छ । अभिकर्ताको व्यवहारबाट वीमितहरु बीमा गर्न इच्छुक हुने भन्दै आइएमई लाइफका अभिकर्ताहरु अरुभन्दा फरक भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

बीमा व्यवसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेतापनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पु¥याउन लागिपर्नुपर्ने सोडारीले बताए ।

कार्यक्रममा बोल्दै आइएमई लाइफ इन्सोरेन्स कर्णाली र लुम्बिनी प्रदेश प्रमुख प्रेमप्रसाद तिमिल्सिनाले आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितोरुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने बताउँदै आत्मसाहसका साथ विमितको हितमा काम गर्न अभिकर्तालाई उनले सल्लाह दिए । साथै राम्रो कुराको उजागर गर्दै बजारका हल्ला र कमिकमजोरी अभिकर्तादेखि इन्सोरेन्स कार्यालयहरुले सुधार्नुपर्ने उनको सुझाब छ ।