देशभर वर्षासँगै तराईमा हावाहुरीको सम्भावना छ, सतर्कता अपनाऊँ

काठमाडौँ – यतिबेला (बुधबार बिहान) देशभर मौसम आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) भएको छ भने केही स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको हो।

आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसको अर्थ आज देशभर नै वर्षाको सम्भावना देखिएको हो।

साथै दिउँसो मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका एकरदुई स्थानमा हावाहुरीको समेत सम्भावना महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ।

बुलेटिनअनुसार आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अनि गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको बुलेटिनमा जनाइएको छ।

‘तराई क्षेत्रमा अझै एक÷दुई दिन हावाहुरी चल्ने सम्भावना छ’, मौसमविद् लामिछानेले बुधबार बिहान नेपालखबरसँग भने, ‘त्यस्तो धेरै नै ठूलो हावाहुरीको सम्भावना त छैन, नर्मल ९सामान्य० भन्दा केही ठूलो हुन्छ, यसले असर गर्छ।’

काठमाडौंमा पनि वर्षाको सम्भावना

मौसमविद् लामिछानेका अ नुसार यतिबेला (बुधबार बिहान) काठमाडौं उपत्यकाको मौसम सामान्य बदली भएको छ। ‘आज दिउँसो तथा राति उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ’, उनले भने।

मौसम महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ– कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै यिनै प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र मधेश प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिन्छ। भारी वर्षा, मेघगर्जनरचट्याङ र हावाहुरीका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।