नेपाल-भारत सीमानजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

काठमाडौँ — शुक्रबार नेपाल–भारत सीमा नजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार झापाको बाहुनडाँगीको उत्तरपूर्वको भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको हो ।

नेपाली सीमानजिक भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प भए पनि झापाका बाहुनडाँगीलगायतका केही क्षेत्रमा धक्का महसुस भएको थियो ।

यसअघि बुधबार धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।