देशभर पानी पर्ने, तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ – आज (मंगलबार) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

त्यसो त अहिले बिहान पनि मधेश र कर्णाली प्रदेशका एक दुई स्थान र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली ९आकाशमा बादल० भई विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।

बुलेटिनमा भनिएको छ– दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ।

महाशाखाको बुलेटिनअनुसार राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भई विभिन्न स्थानमा वर्षाको सम्भावना छ।

बुलेटिनमा भनिएको छ– राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा देशको बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।