राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आकस्मिक बैठक बोलाएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ८ बजे आकस्मिक बैठक बोलाएको हो ।

गठबन्धन परिवर्तनसँगै राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

नयाँ गठबन्धन बनेसँगै सरकारमा रहिरहने या बाहिरिने भन्ने पनि बैठकमा छलफल हुनेछ ।