कक्षा ५ सम्मका पाठ्यपुस्तक छाप्न १३ निजी छापाखाना छानिए

काठमाडौँ – कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाई तथा बिक्री वितरण गर्नका लागि १३ वटा निजी छापाखाना छनौटमा परेका छन् । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८० का लागि कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरी बिक्री वितरण गर्नका लागि १३ वटा फर्मरसंस्थाहरू छनोट गरेको हो ।

उनीहरूलाई केन्द्रले पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम २०८० का लागि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिएको हो । त्यसका लागि ७ माघमा १५ दिने सूचना जारी गरेको थियो । आवेदन दिएका छापाखानाहरूमध्ये केन्द्रका महानिर्देशकको निर्णय अनुसार छनोट गरिएको हो ।

छनौटमा परेका फर्मरसंस्थाहरूलाई सात दिनभित्रमा धरौटी र राजश्व जम्मा गरेर छपाइको अनुमति लिन केन्द्रले अनुरोध गरेको छ । नवीकरण फर्मरसंस्थाले विगत वर्षमा जम्मा गरेको अद्यावधिक धरौटी भौचरको प्रमाणित प्रतिलिपि समेत केन्द्रमा पेस गर्नुपर्नेछ ।

छपाई अनुमति पाएका फर्मरसंस्थाहरूमा केन्द्रले अनुगमन तथा निरीक्षण गर्नेछ । त्यो क्रममा नवीकरणरसूचीकरणका लागि पेस गरेका प्रस्तावमा पेस भएको विवरण बमोजिम नभएमा वा सो बमोजिम कार्य गर्न प्राविधिक रूपमा सक्षम नभएको खण्डमा उनीहरूको नवीकरणरसूचीकरण रद्द गरिने केन्द्रले जनाएको छ । यो वर्षदेखि निजीले कक्षा ५ सम्मको नै पाठ्यपुस्तक छाप्ने जिम्मा पाएका हुन् ।

गत वर्षसम्म कक्षा ३ सम्म निजीलाई दिइएको थियो । त्यो भन्दा माथिका पाठ्यपुस्तक जनक शिक्षा सामाग्री केन्द्रले छाप्ने गरेको थियो । तर, जनकबाट समयमै पाठ्यपुस्तक छाप्न नसकिएको भन्दै शिक्षा मन्त्रालयले कक्षा ५ सम्मका पाठ्यपुस्तक छाप्ने र विक्री वितरण गर्ने जिम्मा निजीलाई दिने निर्णय गरेको थियो ।