क्यानका सदस्यसचिव मल्लले दिए राजीनामा

पोखरा – नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सदस्यसचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा नै उनले राजीनामा दिएको सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

मंगलबार रातिसम्म भएको बैठकमा उनले राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत हुन भने बाँकी छ । बुधबार बिहान राजीनामामाथि छलफल हुने उनले बताए ।