रवि लामिछानेको सांसद पद खारेज : उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

काठमाडौं – गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।
सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगैलामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।

फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिलहबिच छलफल भइरहेको छ ।