जापान ओसाका – चितवन समाज कान्साईमा विष्णु पौडेल निर्विरोध चयन भएका छन ।
जापानमा रहेर आफ्नो जन्म भुमी चितवनको विकास र त्यस ठाउं बाट जापान भएका नेपालीहरुको साझा संगठन चितवन समाज (कान्साई) ओसाकाको संयोजकमा विष्णु पौडेल निर्विरोध चयन भएका हुन । बिहीबार सम्पन्न समाजको चौथो साधारण सभाले पौडेललाई संयोजकमा निर्विरोध चयन गरेको हो ।
संयोजकमा पौडेलसहित सम्पूर्ण कार्य समिति सर्वसम्मत चयन गरिएको छ । समाजको महिला संयोजकमा कमला आचार्य, वरिष्ठ उपसंयोजकमा लक्ष्मण गैरे रहेका छन् । त्यस्तै उपसंयोजकमा हरि पाठक, अनिल पौडेल र पशुपति सापकोटा चयन भए । समाजको सचिवमा विनोद घिमिरे, सहसचिव विवेक कँडेल र कोषाध्यक्षमा नन्दु सापकोटा निर्वाचित भएका छन् । कार्य समिति सदस्यमा तारा चालिसे, गोपालकृष्ण सापकोटा र बाबुराम चालिसे चयन हुँदा ३ जना सदस्य भने कार्यसमितिको बैठकले मनोनयन गर्नेछ ।
चितवन समाज, ओसाकाका संयोजक भुमप्रसाद गैरेको अध्यक्षता एवं चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन अनिल पौडेलले गरेका थिए ।
कार्यक्रममा चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठ, उपाध्यक्ष ईश्वरी कँडेल, चितवन सेवा समाज एसियाका संयोजक मुक्तिराम खरेल, चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार तुलसीराम खरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका उपाध्यक्ष विष्णुप्रसाद घिमिरे, एनआरएनए जापानका कोषाध्यक्ष कृष्ण गैरे, चितवन समाज जापानका कार्यसमिति सदस्य जनक पाठक, सल्लाहकार आत्माराम गैरे लगायतले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा जापानमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।