आज पनि चोलन्द्र शम्शेर जबराको बयान जारी रहने

काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ। बुधबारदेखि सुरु भएको बयान आज पनि जारी रहने छ।

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ। हिजोको बैठकमा जबरालाई ४३ मध्ये चार प्रश्न सोधिएको थियो। बाँकी प्रश्नको उनले क्रमशः सामना गर्दै जानेछन्।

जबराविरुद्ध फागुन १ गते सङ्घीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनी निलम्बनमा परेका थिए।