राजीनामापछि कर्णालीका दुई मन्त्रीको विदाई, शाह र कामी मन्त्री बन्ने

सुर्खेत – राजीनामा स्विकृतपछि कर्णालीका दुई मन्त्रीको विदाई गरिएको छ । जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका थिए ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई राजीनामा दिन आग्रह गरेसँगै आज मन्त्रीद्वयले राजीनामा दिएका हुन्। राजीनामापत्र बुझेलगत्तै मुख्य मन्त्री शाहीले दुवैजनाको राजीनामा स्वीकृत समेत गरिसकेका छन्।

राजिनामा स्विकृतपछि दुबै मन्त्रीलाई सम्बन्धित मन्त्रालयका कर्मचारीहरुले विदाई गरेका छन् । रिक्त मन्त्रालयमा भोलि (सोमबार) नयाँ मन्त्रीहरू नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए।

स्रोतका अनु्सार माओबादीबाट जाजरकोटकी सांसद कृष्णा शाह र रुकुमपश्चिमका सांसद रातो कामीलाई नयाँ मन्त्री बनाईने भएको छ । शाहले आर्थिक मामिला र कामीले उर्जा मन्त्रालयको कार्यभार सम्हालने बताईएको छ ।