मन्त्री रावलद्धारा अग्नी पीडितलाई राहतवितरण

सिमकोट­ – कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आगलागी पीडित परिवारलाई राहत वितरण गरेका छन् । आगलागीबाट भएको क्षतीका बारेमा चिन्ता नमान्न आग्रहगर्दै मन्त्रि रावलले प्रदेश सरकारले अग्नी पीडितका घरबनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।शनिवार आगलागी पीडितहरुलाई प्रदेश सरकारको तर्फबाट प्रदानगरिएको राहत सामाग्री हेलिकोप्टरमा लिएर रोडिकोटको ठूलागाउँमा पुगेर मन्त्री रावलले राहत वितरण गरेका हुन ।

“सुख र दुःखमा साथदिनकै लागी हामीलाई तपाईहरुले अमूल्य भोट दिएर निर्वाचित गराउनु भएको छ,” अग्नी पीडिहरुलाई संवोधनगर्दै उनले भने, “हामी तपाईको जस्तोसुकै समस्यामा पनि साथमै छौ, चिन्ता नमान्नु होला ।” आगलागीमा मानविय क्षती नहुनु सुखत पक्ष भएकाले उनकाे भनाई छ ।

आगालगी बाट पूर्ण क्षतीभएका ६ घर परिवार र आंशिक क्षतीभएका ९ घर परिवारकालागि तत्काल प्रदेश सरकारले प्रारम्भीक राहतदिएको छ ।
स्थानीय सरकार, प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका रावलले आगलागी पिडितहरुको स्थायी व्यवस्थापनका लागि तीन तहको सरकारले सहयोग गर्ने बताए ।
मन्त्री रावलले अग्नी पिडितहरुका लागि २० थान त्रिपाल, १०० थान कम्मल, ७ थान भाँडा सेट, ८० थान म्यट्रेस, २५ थान हाइजिन किड्स, २५ / २५ थान प्लाष्टिकको बाल्टीन र गज वितरण गरेका छन् ।
त्यसैगरी प्रदेश सरकारको तर्फबाट मन्त्री रावलले १०० किलो दाल, ५० किलो नुन, ४६ जोर कपडा, ४० पोका खाने तेल र ४४ बोरा चामल वितरण गरेको बताइएको छ । आगालगी भएको चार दिन पछि मन्त्री रावल आज आगलागी स्थल पुगेका हुन् ।

बुधबार राती स्थानीय जोखे जैशीको घरबाट शुरु भएको आगोले बामन बाडाका १५ घरमा क्षती भएको छ ।
तत्काल खान र बस्न समस्या भएका हरुका लागि सर्केघाड गाउँपालिकाले बिहिबार प्रति घर १२ हजारको दरले राहतवितरण गरेको सर्केघाड १ का वडा अध्यक्ष गोकुल बुढाले जानकारी दिए ।