सुर्खेत – कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले प्रगति देखिनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयद्धारा आयोजित तीन दिने बार्षिक समिक्षा गोष्ठिको समापनमा बोल्दै मन्त्री रोकायाले यस्तो बताएका हुन् ।
बार्षिक समिक्षा गोष्ठिमा सहभागी मन्त्रालय माताहतका सबै कार्यालय प्रमुख तथा प्रतिनिधिलाई मन्त्री रोकायाले चालु आ.ब मा प्रगति देखिने गरी काम गर्न निर्देशन दिएका हुन् । गोष्ठिमा १० वटै जिल्लाको गत आ.ब २०७८÷०७९ मा भए गरेका कार्य प्रगतिबारे समिक्षा गरिएको थियो । सो अवसरमा मन्त्री रोकायाले गत आ.ब को कार्य प्रगति सन्तोषजनक देखिएको भन्दै चालु आ.ब मा अँझै थप प्रगति देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
बार्षिक समिक्षा गोष्ठिमा माताहतका सबै कार्यालय प्रमुख तथा प्रतिनिधिले प्रस्तुतिकरण खारेका थिए । साथै मन्त्रीको निर्देशन अनुसार कार्य प्रगति हाँसिल गर्न तयार रहेको कर्मचारीहरुको भनाइ छ । गोष्ठिमा मन्त्रालयका सचिव प्रेमदत्त भट्ट लगाएत मन्त्रालयका महाशाखा प्रमुहरु र सबै माताहतका कार्यालय प्रमुखले बार्षिक कार्य प्रगतिबारे प्रस्तुतिकरण, विद्यमान समस्या र समाधानका उपायसहित आ आफ्नो भनाइ राखेका थिए । गत आ.ब मा भौगोलिक कठिनाई, जनशक्ति अभाव, निर्वाचन लगाएतका कारण समयमै योजना सम्पन्न गर्न हम्यहम्य परेको माताहतका कार्यालय प्रमुखले बताएका छन् ।