आजदेखि करारका स्वास्थ्यकर्मीले तलव नपाउने (यी हुन् करार स्वास्थ्यकर्मी कार्यरत अस्पताल)

सुर्खेत – आजदेखि करारका स्वास्थ्यकर्मीले पनि तलव नपाउने भएका छन् । यता कोरोना संक्रमण तीव्ररुपमा बढिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोना संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारका लागि भन्दै यसअघि ल्याइएको ६४९ स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले साउन एक गते (आजबाट) पारिश्रमिक नदिने निर्णय गरेको छ।

तर मन्त्रालयले मोडरेट र सीभिअर केश व्यवस्थापनका लागि प्रत्येक प्रदेशमा अस्पताल तोक्ने भएको छ। जसमा कर्णाली प्रदेशबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत रहेका छन्।

सुदूरपश्चिम प्रदेशबाट डडेल्धुरा अस्पताल र सेती प्रादेशिक अस्पताल रहेका छन्। यी अस्पतालमा कोभिडको उपचार गरेवापत सरकारले रकम सोधभर्ना गरिदिने बताएको छ।

प्रदेश १ मा कोशी अस्पताल बिराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशबाट जनकपुर प्रदेशिक अस्पताल र नारायणी अस्पताल,बागमती प्रदेशबाट शुक्रराज ट्रपिकल अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,गण्डकी प्रदेशबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल बागलुङ रहेका छन् । यसैगरी लुम्बिनी प्रदेशबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज रहेका छन् ।