सुर्खेत – कर्णाली प्रदेश सभा अगाडी विधेयक पारित गराउन दाववमूलक प्रर्दशन कार्यक्रम गरिएको छ।
कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता भएका तीन वटा विधेयक अबिलम्ब पारित गर्न दाववमूलक विधेयक ऐक्यवद्धता कार्यक्रम गरिएको हो। विधेयक सरोकार समाजले प्रदेश सभा बाहिर विधेयक ऐक्यवद्धता कार्यक्रम गरेका हुन् ।
सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नव प्रवर्तन अन्वेषण तथा आविस्कार विधेयक अबिलम्व पारित गर्न सांसद र सरकारलाई दवाव दिनका लागि प्रर्दशन गरिएको हो ।
संसद भवन अगाडी गरिएको उक्त प्रर्दशनका क्रममा प्रहरी र स्थानीयबिच झडप समेत भएको छ । प्रर्दशनमा जुम्ला लगाएत कर्णाली प्रदेशका नागरिकको सहभागिता रहेको थियो ।
पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारका तर्फबाट तत्कालीन् सामाजिक विकास मन्त्री विमला केसीले संसदमा टेबुल गरेकी हुन् भने अन्य दुई वटा विधेयक गैरसरकारी विधेयकका रुपमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद नरेश भण्डारीले संसद सचिवालयमा दर्ता गरेका हुन्।
तर हालसम्म तीन वटै विधेयक पारीत नहुदाँ कर्णाली सरकारको विरोध सुरु भएको हो । आज गरिएको प्रर्दशनका क्रममा नागरिक र प्रहरीबिच धकेलमकेल हुदाँ प्रहरीले भिड नियन्त्रण लिन लाठीचार्ज गर्दा केही व्यक्तिलाई सामान्य चोट लागेको छ । भने प्रर्दशनमा नेकपा माओबादी केन्द्रकी पोलिटव्यूरो सदस्य तथा पूर्व राज्यमन्त्री गोमा गौतम (कुँवर) लगाएतको सहभागिता रहेको थियो ।