काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागि हुने विषयमा सुशील कोइराला नेतृत्वकै सरकारले एसपीपीमा सहभागिता रहनेगरी पत्राचार गरेको बताएका छन् ।
संसदमा समय लिएर सोमबार संबोधन गरेका ओलीले आफूले अमेरिकाबाट नेपाल एसपीपीमा सामेल भएको भन्ने रिपोर्टपछि आफूले नै रोकेको बताए ।
“सेप्टेम्बर १० २०१५ अर्थान नेपालको संविधान जारी हुनुभन्दा १० दिन अगाडी रक्षा मन्त्रालयलाई नेपाली सेनाले एसपीपीमा सहभागि हुने विषयमा अनुमति माग्दै पत्र लेखेको रहेछ । त्यसपछि सेप्टेम्बर २०, २०१५मा नेपालको संविधान जारी भएको थियो ।
त्यसको तीन दिनपछि २३ सेप्टेम्बरमा रक्षा मन्त्रालयबाट पत्र पठाएर एसपीपी सम्बन्धी पत्र दिने भने अनुमति दिइएको रहेछ । त्यसको एकहप्ता पछि सेप्टेम्बर २० मा रक्षा मन्त्रालयबाट नेपाली सेनालाई पत्र पठाउन अनुमति दिएर पत्राचारको अनुमति दिएको देखिन्छ,” ओलीले संसदमा भने, “मैले बाहिर बाहिर सुन्छु नेपाली सेना यस्तो चर्चामा आउनुपर्ने संस्था होइन । तर, किन आयो भने सेनाले सोझै विदेशी दुतावासमा पत्राचार गर्यो , सेनाले त्यसरी आफै पत्राचार गर्दैन ।” उनले त्यसपछि एसपीपीको विषयमा चर्चा नभएको बताए ।