हैजा संक्रमितको संख्या १४ पुग्यो, थप दुईजनामा संक्रमण

काठमाडौं – काठमाडौंमा थप दुईजनामा हैजा संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थप दुईजनामा हैजाको आरडीटी परीक्षण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

गौतमका अनुसार उनीहरू दुवैजना काठमाडौंको कालीमाटी क्षेत्रका बासिन्दा हुन् । यो सँगै काठमाडौंमा हैजा संक्रमितको संख्या १६ पुगेको छ । यसअघि १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।