गर्भवतीका बेला सन्तुलित आहार र पोषणकाे महत्त्व किन ?

सुर्खेत – गर्भावास्था एक विशेष अवस्था हो । यो समयमा गर्भवतीले आफ्नो खानपान र आराममा विशेष ध्यान दिनु पर्दछ । यो अवस्थामा श्रीमान तथा परिवारका अन्य सदस्यले पनि ध्यान दिन उत्तिकै जरुरी छ ।

गर्भवती भएका बेला नियमित स्वास्थ्य चेकजाँचका साथै सन्तुलित आहार तथा पोषण युक्त खानेकुरामा जोड दिनुपर्छ । जसकारण आमा र बच्चाको शाररिक तथा मानसिक स्वास्थ्य अवस्था ठिक बन्दै जान्छ ।

गर्भवतीका बेला सन्तुलित आहार र पोषण तत्त्वको महत्त्व किन ?

  • गर्भवती भएका बेलाको जटिलताहरूलाई घटाउछ ।
  • गर्भवती भएका बेला शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्त्वको परिपूर्ति गर्छ ।
  • आमाको गर्भमा रहेको बच्चाले आफ्नो शारीरिक र मानसिक वृद्धि विकासका लागि आवश्यक पोषक तत्त्वहरू पाँउछ ।
  • आमाको गर्भमा रहेको बच्चामा गर्भमा कुपोषण हुने र त्यसका कारणले हुने जन्मजात विकलाङ्ग हुनबाट बचाउछ ।
  • आमा र बच्चा दुवैलाई स्वस्थ राख्छ ।
  • प्रसवका बेलामा चाहिने शक्ति दिन्छ र बच्चा जन्माउन सजिलो हुन्छ । – (स्वस्थ रुपान्तरण/संघीय स्वास्थ्य मन्त्रालय)