१० पटकसम्म वडा अध्यक्ष जितेका व्यञ्जनकार आफ्नै भतिजको कारण पराजित

काठमाडौं – १० पटकसम्मको वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यसपटक भने पराजित हुनुभएको छ।
ललितपुर महानगरपालिका वडा नम्बर १० का रसिंह व्यञ्जनकार २०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिनुभएको थियो। यसपटक भने आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित हुनुभएको छ ।

नरसिंह स्वतन्त्र रुपमा चुनाव लडनुभएको थियो। उहाँले चुनाव चिह्न पुतली पाउनुभएको थियो।

८१ वर्षीय नरसिंहले ५४३ मत पाउँदा उनका ४४ भतिज रविनमानले ८२५ मत ल्याउँदै वडा अध्यक्ष पद जित्नुभयो। रविनमान नेपाली कांग्रेसका बाट चुनावि मैदानमा उत्रीनु भएको थियो ।