काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा ३ हजार ९ सय ७७ मतगणना हुँदा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राख्नुभएको छ ।
दाहालले १३ सय ७२ मत प्राप्त गर्दा सुवेदीले १३ सय ५ मत प्राप्त गर्नुभएको हो। भुइँकटहर चुनाव चिह्न लिएर उठ्नुभएका कांग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले भने फराकिलो अग्रता लिनुभएको छ। उहाँले १५ सय ४२ मतका साथ अगाडि बढिरहँदा एमालेको सहयोगमा उठ्नुभएकी राप्रपाकी हिमला गुरुङले १ हजार ३५ मत प्राप्त गर्नुभएको हो । हाल वडा नम्बर २ को ७ सय मत गनेर सकिएको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा भने तीव्र प्रतिस्पर्धाकाबीच नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ ।