कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकी उपप्रमुख उम्मेदवार कुर्मीको निधन

बुटवल – कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको गएराति निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको हृदयघातका कारण सोमबार राति एक बजे निधन भएको छ । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताएका छन् ।

उनले निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रिया अघि बढ्ने बताए । कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन् ।