पल शाहविरुद्धको मुद्दाको थुनेछेक बहस सकियो, आजै आदेश आउँदै

काठमाडौं – एक नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा जिल्ला अदालत नवलपुरमा थुनछेक बहस सकिएको छ ।

अदालतका वैतानिक वकिल दीपक भट्टराईले तीन वकिलले किशोरीको तर्फबाट र ९ जना वकिलले शाहको पक्षबाट बहस गरेको जानकारी दिए ।

बहसमा किशोरीपक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ । ‘आदेश आउन लागेको छ । तत्काल धरौटीमा वा तारेखमा छुट्ने सम्भावना न्यून छ । थुनामै जाने हो। जतिसुकै बहस गरेपनि अहिले थुनछेकमा मान्छे छुट्दैन । तनहुँ अदालतमा जे भयो त्यही हुने हो,” उनले भने ।

यसअघि किशोरी पक्षको जाहेरीका आधारमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।