काठमाडौं – मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अहिले अमेरिकाको पुएर्तो रिकोमा छिन् । ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी हुन उनी गत शुक्रबार त्यहाँ पुगेकी हुन् ।
प्रतियोगितामा शिर्ष उपाधिका लागि ४० देशको सुन्दरीसँग उनले प्रतिस्पर्धा गरिरहेकी छन् । कोरोनाको तेस्रो लहरका कारण यस अगाडि स्थगित भएको प्रतियोगिताको अन्तिम स्पर्धा नेपाली समय अनुसार बिहिबार बिहान आयोजना हुँदैछ ।
हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी उनी ब्युटी विथ पर्पमाको उत्कृष्ट १० भित्र समेत पर्न सफल भएकी छन् । यी दुवैमा सफलताले मिलेको कारण उनले उपाधि जित्न सक्ने अनुमान अहिले गरिएको छ ।
प्रतियोगितामा सहभागीको लागि अमेरिका उड्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनले जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’मा सहभागी हुन लागेको बताएकी थिइन् ।