काठमाडौं – सरकारले नियमित खोप अन्तर्गत बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको हो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्र्तगत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी २५ चैत देखि १८ वैशाखसम्म बालबालिकालाई खोप खोप लगाउने तयारी छ । १५ महिनादेखि १५ वर्षसम्मका ७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप पाउनेछन् ।
टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ सम्म एक पटक लगाउनुपर्छ । टाइफाइडविरुद्धको खोप विद्यालय तथा खोप केन्द्रबाट बालबालिकालाई लगाइने योजना बनाएको खोप शाखाका प्रमुख दाहालले बताए ।