प्रकाश सपुतको पिर लाई बाबुराम भट्टराईको समर्थन

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गायक प्रकाश सपुतको गीतमा समर्थन जनाएका छन्।

उनको नयाँ गीत पिर विवादमा तानिएपछि भट्टराईले गायकको समर्थन गरेका हुन्। गीतको विवादबारे भट्टराई भन्छन्, म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्साएको छ। त्यसनिम्ति क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने,

जनयुद्धमा सहभागी जनमुक्ति सेनाले पाएको दुःखमा आधारित रहेर तयार पारिएको उक्त गीत प्रति माओवादी कार्यकर्ताले आपत्ति जनाएका छन्। केहीले उक्त भिडियो हटाउन चेतावनीसमेत दिएका छन्।

नेकपा माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन्।