मध्य पश्मिाञ्चल विश्वविद्यालयले अनलाई मार्फत परिक्षा लिने

सुर्खेत -कोरोना भाइरस (कोभिड ­१९ ) को प्रभावका कारण उत्पन्न समय र परिस्थितिलाई मध्यनजर गर्दै मध्य पश्मिाञ्चल विश्वविद्यालयले अनलाई मार्फत परिक्षा लिने तयारी गरेको छ । कोभिड ­१९ का कारण भर्चुअल कक्षा सञ्चालन भैरहेको र सोहि अनुरुप अनलाईनबाट परिक्षा लिन थालिएको विश्वविद्यालयले जानाएको हो ।
विश्वविद्यालयले भदौ २० गतेसम्म अर्धवार्षिक परीक्षा सक्ने लक्ष्य लिएको छ । यसका लागि अलनाइन र अफलाइन परीक्षाको बन्दोबस्त भइरहेको बताईएको छ । अनलाइन परीक्षाको लागि साढे २ घण्टा समय तय गरिसकिएको विश्वविद्यालयले जनाएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा यसवर्ष भर्ना भएका विद्यार्थीले अहिलेको वर्षका शुल्क तत्काल तिर्नुनपर्ने समेत बताईएको छ । कोभिड १९ का कारण धेरै विद्यार्थी र अभिभावकले रोजगारी गुमाउन परेकाकाले शुल्क तिर्न नसक्ने विद्यार्थीहरुले परीक्षा शुल्कमात्रै तिरेर परीक्षा दिन पाउने व्यवस्था गरिएको विश्वविद्यालयका उपकुल पति प्रध्यापक डा. नन्दबहादुर सिंहले जानकारी दिए । यस अघि परीक्षा दिने समयमा वर्षभरीको बाँकी सबै शुल्क तिनुपर्ने व्यवस्था थियो ।

बुधबार क्याम्पस प्रमुख तथा विश्वविद्यालयका पदाधिकारीहरुसंगको भुचुअल कुराकानिका क्रममा उनले भने, ‘कोभिड­ १९ को प्रभावमा बिद्यार्थीलाई सहजता प्रदान गर्न यो सुविधा दिएका हौँ ।’ शुल्क तिर्न चाहानेहरुका लागि स्वागत छ । तर यदि शुल्क तिर्न सक्नुहुन्न भने पक्षिा शुल्क मात्र तिरेर ढुक्ककासाथ परिक्षामा सहभागि हुनुहोस । अहिलेलाई परीक्षा शुल्कमात्रै लिएर परीक्षा दिनसक्ने व्यवस्था गरिएको छ ।’

विद्यार्थीले यसवर्षको बाँकी शुल्क अर्को वर्ष तिर्दा हुने उनले जनाकारी दिए । तर, फागुनभन्दा अगाडि नै पढाइ सकिएका विद्यार्थीले भने पूरै शुल्क तिनुपर्ने उपकुलपति सिंहलेको भनाई छ । मध्यपश्चिम विश्वविद्यालयले सम्पूर्ण परीक्षाको नतिजा प्रकाशन गरिसकेको समेत उनले जनाएका छन् । ‘लकडाउन अघि लिइएका सबै परीक्षाको नतिजा सार्वजनिक गरिसकेका छौँ,’ उपकुलपति सिंहले भने, ‘असोजभित्रमा हाम्रो शैक्षिक प्रणाली नियमित झैँ हुनेछ ।’

अफलाइन परीक्षाका लागि दुर्गम क्षेत्रमा भने २४ घण्टाको समय दिएर परीक्षा लिने व्यवस्था गर्न लागिएको उपकुलपति प्रध्यापक डा. नन्दबहादुर सिंहले जानकारी दिए । यसका साथै अर्धवार्षिक परीक्षाका लागि एउटा प्रश्नपत्रमा प्रोजेक्ट वर्क, विषयगत र बस्तुगत गरी तीन किसिमका प्रश्नहरुको व्यवस्था गरिएकोे उपकुलपति प्र डा. सिंहले बताए ।

भौतिकरुपमा परीक्षा दिन नसकिने अवस्था भएकोले अपग्रेड भएर अनलाइनमा माथिल्लो कक्षा लिइरहने र परिस्थिति सामान्य भएपछि बाँकी रहेको परीक्षा लिने योजना रहेको विश्वविद्यालयले उपकुलपति प्र डा. सिंहले जानकारी दिए ।