बुटवलमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु

बुटवल—बुटवलमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु भएको छ । गए राति कपिलवस्तुका कोभिड—१९ का बिरामी एक पुरुषको समेत मृत्यु भएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेसन शाखा धागो कारखानामा गम्भीर अवस्थामा उपचाररत तिलोत्तमा—२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहिबार विहान साढे १० बजे मृत्यु भएको अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जनाकारी दिए ।

साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै राखेर उपचार गरे पनि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि साउन ३१ गते आइसोलेसन शाखामा भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि प्लाज्मा थेरापी समेत गरिएको थियो ।

अस्पतालकै चिकित्सकले उनलाई प्लाज्मा दिएका थिए ।