काठमाडौं– नेपालमा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना महिला र ९ जना पुरुष रहेका छन् ।
जसमा मोरङकी ४६ वर्षीय महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ र ५० वर्षीय दुई पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय दुई पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ जना पुगेको छ । नेपालमा जम्मा संक्रमितकाे याे ०.५ प्रतिशत हाे । स्राेत : हेल्थ आवाज ।