भरतपुर – चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित पक्राउ परेका छन् । उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो ।
उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका हुन् । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए । स्राेत : अनलाइनखबर ।