वीरेन्द्रनगरका जेष्ठ नागरिकले पाए न्यानो कपडा

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेतका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।

५ नम्बर वडा कार्यालयको आयोजनामा वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । आज भएको जेष्ठ नागरिक न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रमका अवसरमा वडाका २ सय जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष राजकुमार गुरुङले बताए ।

उनका अनुसार २ लाख रकम बराबरका फाइबरको कम्बलहरु न्यानो कपडा स्वरुप जेष्ठ नागरिकलाई वितरण गरिएको हो । बढ्दो चिसोलाई मध्यनजर गरी वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम राखिएको वडाध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *