काठमाडौं – नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनबाट १३ पदाधिकारी र ८४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । काँग्रेसको नयाँ विधान अनुसार १३४ जना निर्वाचित भएर आउने व्यवस्था छ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबार मध्यान्हसम्म ९७ पदमा भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । १३ पदाधिकारीमा मध्ये सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
यस्तै ८ सहमहामन्त्रीमा किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ९डिना०, जीवन परिवार, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित भएका छन् ।
पदाधिकारीमा – १३ सिट
पदाधिकारीमा सभापति देउवासहित महामन्त्री खड्का किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ९डिना०, महेन्द्र यादव, फरमुल्लाह मन्सुर र उमाकान्त चौधरी विजयी भएका छन् ।
कोइराला प्यानलबाट उपाध्यक्ष गुरुङ, महामन्त्री थापा, सहामहामन्त्री पाण्डे र परियार निर्वाचित भएका छन् । यस्तै प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा शर्मा निर्वाचित भएका छन् ।
प्यानलसहित सभापतिका प्रत्यासी बनेका विमलेन्द्र निधि निकट एक जना पनि केन्द्रीय कार्यसमितिमा आउन सकेका छैनन् ।
यता काँग्रेसमा १२१ केन्द्रीय सदस्य निर्वाचित हुनेमा अहिलेसम्म ८४ जनाको परिणाम आएको छ । ३५ खुल्लातर्फ, २१ भूगोलतर्फ, ९ महिला खुल्लातर्फ, ९ मधेसी खुल्लातर्फ, ४ थारु खुल्ला र ३ मुस्लिम खुल्लातर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको हो ।
यस्तै अपाङ्गता, अल्पसंख्यक र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको हो ।
देउवा प्यानलबाट ६९, कोइराला प्यानलबाट १३ र सिंह प्यानलबाट १ जना केन्द्रीय सदस्य जितेका छन् । निर्वमान महामन्त्री शशांक कोइरालाले भने आफू साझा उम्मेदवारको रुपमा विजयी भएको बताएका छन् ।
अहिलेसम्म परिणामा देउवा पक्षले ८२ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यमा जितेको छ ।
खुल्लातर्फ– ३५ सिट
देउवा प्यानलका गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, सुनिल थापा, उदय शमशेर राणा, गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी निर्वाचित भएका छन् ।
यस्तै देउवा पक्षका मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् ।
यता कोइराला प्यानलका अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी गरी ९ जना खुला केन्द्रीय सदस्य बनेका छन् ।
महिला खुल्ला – ९ सिट
काँग्रेसको खुल्ला मिहलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षका ८ जना निर्वाचित भएका छन् । देउवा पक्षबाट डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही निर्वाचित भएका हुन् ।
९ जना मध्ये कोइराला प्यानलबाट खुल्ला महिलामा केन्द्रीय सदस्य जित्ने सरिता प्रसाईं एक्ली हुन् ।
मधेसीतर्फ–९ सिट
मधेसीतर्फ ४ महिलासहित ९ जना केन्द्रीय सदस्यमा ८ जना सभापति देउवा प्यानलबाट विजयी भएका छन् ।
देउवा समूहबाट खुल्लातर्फ अजय चौरसिया, विनोद चौधरी, महेन्द्रकुमार राय र दिनेशकुमार यादव निर्वाचित भएका हुन्। बाँकी एक जना चन्द्रमोहन यादव मात्र कोइरालाको समूहबाट निर्वाचित भएका छन्।
यस्तै चार जना महिलातर्फ भने देउवा पक्षले क्लिन स्विप परेको छ । देउवा समूहकी मुक्ता कुमारी, मिनाक्षी झा, मन्जुकुमारी यादव र नागिना यादव विजयी भएकी छन् ।
थाततर्फ – ४ सिट
थारुतर्फ २ खुला र २ महिला गरी ४ वटै केन्द्रीय सदस्यमा देउवा पक्षले जितेको छ । केन्द्रीय सदस्य थारु खुल्ला २ सिटमा देउवा पक्षका रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित भएका छन् ।
यस्तै महिलातर्फ पनि देउवा समूहकै कल्पना चौधरी र जीवन राना विजयी भएकी छन् ।
मुस्लिमतर्फ– ३ सिट
काँग्रेसको मुस्लिमतर्फको केन्द्रीय सदस्यमा देउवा पक्षले ‘क्लिन स्विप’ पारेको छ ।
मुस्लिम खुल्लातर्फ अब्दुल रञ्जाक र अब्दुल सतार विजयी भएका छन् । यस्तै महिलातर्फ जावेदा खातुन जागा विजयी भएकी छन् ।
अपाङ्गता–अल्पसंख्यक र पिछडिएका क्षेत्रतर्फ
यस्तै पिछडिएका क्षेत्र, अपाङ्गतातर्फ र अल्पसंख्यकतर्फबाट १–१ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
पिछडिएका क्षेत्रबाट अर्जुन जगबहादुर सिंह, अपाङ्गताबाट मदनकृष्ण श्रेष्ठ र अल्पसंख्यकबाट प्रदीप कुमार सुनुवार निर्वाचित भएका छन् । उनी तीनै जना देउवा पक्षका हुन् ।
भूगोलतर्फ
सात वटा प्रदेशबाट ३–३ गरी काँग्रेसमा २१ जना केन्द्रीय सदस्य बनेका छन् । जसमा देउवा पक्षका १८, कोइराला पक्षका २ र सिंह पक्षका एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
प्रदेश १ बाट देउवा पक्षका अमृत अर्याल र महेन्द्र कुमारी लिम्बु निर्वाचित गरेका छन् । प्रदेश १ को खुल्लातर्फ कोइराला प्यानलका राजीव कोइराला विजयी भएका छन् ।
भूगोलतर्फ प्रदेश २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव निर्वाचित भएका छन् । उनीहरु पनि देउवा प्यानलबाट विजयी भएका हुन् ।
बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा ध्यानगोविन्द रञ्जित, राजन केसी, उर्मिला नेपाल ९केसी० विजयी भएका छन् । जसमा रञ्जित र नेपाल देउवा समूहका हुन् भने केसी नेता प्रकाशमान सिंह निकट हुन् ।
गण्डकी प्रदेशको खुल्ला केन्द्रीय सदस्यमा दुई जना देउवा र एक जना कोइराला समूहका विजयी भएका छन् । देउवा प्यानलका ध्रुव वाग्ले र सरस्वती अर्याल तिवारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै गण्डकीबाट कोइराला समूहका कृष्णचन्द्र (नेपाली) पोखरेल केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
काँग्रेसको लुम्बिनी प्रदेशको खुला दुई सदस्यमा देउवा प्यानलका देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । महिलातर्फ पनि देउवा पक्षकै शिला खड्का विजयी भएकी छन् ।
भूगोलतर्फ कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा देउवा पक्षका राजीव विक्रम शाह र कर्णबहादुर बुढा निर्वाचित भएका हुन् । कर्णालीबाट महिलातर्फ देउवा समूहकै जानकी सिंह विजयी भएकी छन् ।
सुदूरपश्चिम प्रदेशबाट खुला दुई केन्द्रीय सदस्यमा देउवा पक्षका डा. रणबहादुर रावल र यज्ञराज जोशी विजयी भएका छन्।
महिलातर्फ सुशील मिश्र भट्ट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी पनि देउवा प्यानलबाटै उम्मेदवार भएकी थिइन् ।
३७ सिटको परिणाम आउन बाँकी
अब ३७ केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ । खस–आर्य खुल्ला ७, खस–आर्य महिला ६ सिट दलिततर्फ ९, आदिवासी–जनजातितर्फ १५ सिटको मतगणना जारी छ । निर्वाचन समितिले उक्त सिटको मतगणना सकेर आजै परिणाम सार्वजनिक गर्ने जनाएको छ । – रातोपाटी