काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै‚ तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० रूपैयाँ तोकिएको छ। मंलबार प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले बढेर रु एक हजार २४५ पुगेको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ।