काठमाडौं – नेकपा (एमाले) का नेता भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यको जिम्मेवारी मात्रै रहने भएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले भने, उहाँ (भीम रावल) नीतिअनुसार सल्लाहकारको जिम्मेवारी प्राप्त गर्नुभएको छ। केन्द्रीय कमिटीमा हुनुहुन्न। त्यसैले पार्टीको नीति अनुसार सल्लाहकारको जिम्मेवारी प्रदान गरेको छ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर थप जिम्मेवारी प्रदान हुनसक्ने उनको भनाइ छ।उनले पार्टीको जिम्मेवारी बाँडफाँडको क्रममा पूर्वमाओवादी र १० बुँदे समर्थक भनेर कुनै विभेद नगरेको समेत दाबी गरे।
उनले भने, ‘पूर्वमाओवादी भन्ने नै छैन। उहाँहरुले नेकपाको निरन्तरता भनेर हामीसँग रहनुभएको छ। माधव नेपालसँग पनि विभाजनको बेलामा असन्तुष्ट भएर एमालेमै रहनु भएकाहरुलाई हामीले कुनै विभेद गरेका छैनौँ। पार्टीले सबैलाई समान रुपमा जिम्मेवारी दिएको छ।ु