कर्णालीमा ४१ जना नयाँ एचआइभि संक्रमित भेटिए

एआरटी सेवा लिनेको संख्या ६ सय ५१ पुग्यो

सुर्खेत – कर्णाली प्रदेशमा ४१ जना नयाँ एच आइ भि संक्रमित पत्ता लागेका छन् । आर्थिक वर्ष २०७७÷०७८ को तथ्यांक अनुसार कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ४१ जना नयाँ एच आइ भि संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार नयाँ पत्ता लागेका एच आइ भि संक्रमितमध्ये २ जना गर्भवति महिला रहेका छन् । जसमा एक जना रुकुमपश्चिम र एक महिला सुर्खेतकी हुन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा कुल ३२ हजार ३६ जना महिलालाई गर्भावस्था तथा सुत्केरी अवस्थामा एच आइ भि परिक्षण गरिएको थियो । हाल नयाँ पत्ता लागेका सबै एच आइ भि संक्रमितले एआरटी सेवा लिइहेका छन् ।

यो सँगै कर्णाली प्रदेशमा एच आइ भि संक्रमितको कुल संख्या ६ सय ५१ पुुगेको छ । कर्णालीका सबै एच आइ भि संक्रमितले एआरटी सेवा लिइरहको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।