सबै लड्ने भए पार्टीबाटै अलग हुन्छु : वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौं – कांग्रेसको १४ औं महाधिवेशन पर्सिदेखि शुरु हुँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने हो भने आफूलाई पार्टीबाटै विदा गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

तर पौडेल समूहले उम्मेदवार तय गर्न भने सकेको छैन । बुधबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा पनि आकांक्षीहरुबीच सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।

वरिष्ठ नेता पौडेलले छलफलमा आफूलाई सहयोग गर्न अरु आकांक्षीहरुलाई आग्रह गरेका थिए ।

यता पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा शेखर कोइरालाले सभापतिमा दाबी छाडेका छैनन । । नेता डा। रामशरण महत भन्छन्, ‘रामचन्द्रजीले मलाई सहयोग गर्नुस् भन्दा प्रकाशमानजीले म पनि लड्छु भनेको छ । शेखरजीले लड्ने भनेको छ ।’
उनले अघि भने, ‘सबै लड्ने भए म राजनीतिबाट विदा हुन्छु, घरमै आराम गर्छु । पार्टीबाटै अलग हुन्छु भन्नुभयो रामचन्द्रजीले ।’ एक नेता सहमति हुन नसकेपछि वरिष्ठ नेता पौडेलले झोँक्किएर यसो भनेका हुन् ।