ट्याक्टर दुर्घटना हुँदा बिहेको भोज खान गएका तीन जनाको मृत्यु

कञ्चनपुरको झलारीमा विवाहको भोज खान ट्याक्टरमा हिँडेका बेला ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

महेन्द्रनगरको दैजीबाट लालझाडीको रैकौवातर्फ जाँदै गरेको से१त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा शुक्रबार दिउँसो तीन बजे ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

ट्याक्टरमा १४ जना सवार थिए। बाँकी ११ जना घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *