उपचार गर्न आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एचए पक्राउ

 

जनकपुर—उपचार गर्न पुगेकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

रौतहटको कटहरिया नगरपालिका-२ बिर्ताका २६ वर्षीय प्रमोद साह पक्राउ परेका हुन् । निजगढ नगरपालिका ११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकका स्वास्थ्य सहायक (एचए) साहलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पेट सम्बन्धि उपचार गराउन गएकी किशोरीलाई स्वास्थ्य सहायक साहले उपचार गर्ने क्रममा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । पीडितले अस्थायी प्रहरी पोष्ट रतनपुरमा खबर गरेपछि उनलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।हेल्थ आवाजबाट ।