कर्णालीमा थपिए ५१ जना संक्रमित

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ५१ जना संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ११ जना चौरजहारी नगरपालिका पिसिआर परीक्षण रुकुम पश्चिममा ३७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३ जनामा कोरोना पुष्टि भएको महाशाखाले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा रिस्चार्ज हुनेहरुको संख्या १९ रहेको जनाइएको छ ।