नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु

काठमाडौं—नेपालमा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । संक्रमित बढेसँगै कोरोनाबाट मृत्यु हुने क्रम पनि बढेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् ।

थप ८ जनाको मृत्युसँगै जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ जुगेको छ ।हेल्थ आवाज ।