पूर्वमिस नेपाल इशानीको तरुणप्रतापसँग इन्गेजमेन्ट

काठमाडौं – पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठले व्यापारी तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी छन् । सोमबार सोल्टीमोडस्थित न्यू हायात होटलमा इशानी र तरुणप्रतापको इन्गेजमेन्ट भएको हो । दुवैतर्फको परिवारका सीमित सदस्यको उपस्थितिमा इशानी र तरुणको टीकाटालो (इन्गेजमेन्ट) भएको मिस नेपाल आयोजक संस्थाका प्रमोद कंसाकारले जानकारी दिए । समारोहमा दुबैले एक अर्कोलाई औँठी लगाइदिएका थिए ।

इशानी र तरुणप्रतापको विवाह समारोह भने आगामी पुस ६ गते आयोजना हुँदैछ । सन् २०१३ मा मिस नेपालको उपाधि विजेता इशानीले यसै बर्ष ‘मिस वल्र्ड’मा पनि सहभागी भएकी थिइन् । नेपालमा पहिलो पटक मिस वर्ल्डबाट ब्युटी विथ पर्पसको विधा नेपाल भित्र्याउने उनी थिइन् ।