कर्णाली प्रदेशमा दशै÷तिहारको समयमा मात्र सवारी दुर्घटनामा परी ६० जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार विभिन्न ठाउँमा भएका दुर्घटनामा परि ६० जनाको मृत्यु भएको हो ।
यस्तै यही अवधीमा दुर्घटनामा १ सय २८ जना घाइते भएका छन् । कालिकोट, डोल्पा, र हुम्ला बाहेकका सबै जिल्लामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि सबैभन्दा धेरै मुगुमा मात्रै ३३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । सुर्खेतमा ७, सल्यान १३, जाजरकोट ५, दैलेख ÷रुकुम पश्चिममा र जुम्ला एक÷एक जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसपी माधव प्रसाद श्रेष्ठले बताउनुभएको छ । अधिकांस दुर्घटनाको कारण मदिरा सेवन र क्षमताभन्दा धेरै यात्रु राख्नु रहेको प्रहरीको भनाई छ ।