काठमाडौँ- कात्तिक कृष्ण औसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर बिहीबार दीपावलीसहित लक्ष्मीपूजा मनाइँदै छ । घरको अट्टालिका, बुइँगल, कोठाचोटालगायतका कुनाकाप्चाका फोहोर हटाई लिपपोत गरेर शुद्धताका साथ लक्ष्मीको आराधना गरिन्छ ।
विशालबजारको लक्ष्मी मन्दिरलगायतका लक्ष्मी मन्दिरमा यो दिन भक्तजनको मेला लाग्छ । तराईमा काली चौदशको नाममा यो दिन महाकालीको पूजा गरिन्छ । भगवान् कृष्णले नरकासुर राक्षसको बध गरेको दिनको स्मृतिमा बुधबार अपमार्गको जरालाई टाउकोमा तीन फन्का घुमाएर स्नान गरी नरक चतुर्दशी मनाइएको छ । बिहीबार गाईपूजा गरेर जनै पूर्णिमामा लगाइएको डोरो गाइको पुच्छरमा बाँध्ने चलन छ ।
#गोरखापत्र