होसियारीपूर्वक दसैँ मनाउन राष्ट्रपति भण्डारीको आग्रह

तस्बिर फाइल

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

भण्डारीले शुभकामना सन्देशमा सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नु भएको छ ।

साथै कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउन राष्ट्रपतिले सबैमा आग्रह गर्नु भएको छ ।