एमालेसँग संवाद गर्न तयार छुस् सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसद् सञ्चालन गराउन प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन्। सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएको स्पष्ट पार्दै सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताएका हुन्।

बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताए। सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने आग्रह गरे।

उनले भने, ‘दशैँको सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो, सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि कहीँकतै मैले पनि बल त गरेको छु, तटस्थ, निष्पक्षी र स्वतन्त्र भूमिका खेल्नुपर्छ।’

उनले संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेरै कार्य सम्पादन गर्नु आफ्नो कर्तव्य भएको पनि जिकिर गरे। उनले जतिसुकै ठूलो समस्या भए पनि समन्वय, सहकार्य र समझदारी गनुपर्नेमा जोड दिए। उनले कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्ने र त्यसबाट अवरुद्ध संसद् चल्ने आशा व्यक्त गरे।