भोजपुरकी लक्ष्मी र रोल्पाका प्रदीपको प्रेम कहानी अधुरै रह्यो

सामाजिक सञ्जालबाट प्रेममा परेपछि भोजपुरबाट रोल्पास्थित प्रेमीको घरमा गएकी एक प्रेमिकाको प्रेमीसँग भेट नहुँदै भिरबाट लडेर मृत्यु भएको छ।

फेसबुकबाट प्रेममा परेपछि विवाह गर्ने वाचासहित ७र८ महिनादेखि रोल्पास्थित प्रेमीको घरमा बस्दै आएकी भोजपुरकी लक्ष्मी राईको वनमा मेलापात गर्न गएको बेला आइतबार भिरबाट लडेर मृत्यु भएको हो।

रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीका अनुसार त्रिवेणी गाउँपालिका वडा नं। ७ गाङका ४४ वर्षीय प्रदीप परियार र भोजपुरको षडानन्द नगरपालिकाकी ३५ वर्षीया लक्ष्मी राईको सामाजिक सञ्जालबाट माया बसेको थियो।

रोजगारीका शिलशिलामा अहिले पनि साउदी अरबमा रहेका प्रदीप र लक्ष्मीले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने निधो गरेका थिए। तत्कालै प्रदीप साउदीबाट नेपाल आउन नमिलेपछि उनले लक्ष्मीलाई रोल्पास्थित आफ्नो घरमा गएर बस्न आग्रह गरेका थिए। प्रेम विश्वासमा अडेको हुन्छ। त्यही विश्वासको फेरो समातेर लक्ष्मी भोजपुरबाट रोल्पा पुगेकी थिइन् औपचारिक विवाह नै नभई।

नययमपलष्नजतकबलष्mब दयह बम द्द
‘दुई जनाले सामाजिक सञ्जालबाटै प्रतिवद्धता जाहेर गरेपछि भोजपुरबाट लक्ष्मी रोल्पास्थित प्रदीप घर आएको अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी सुवेदीले भने, ‘प्रदीप विदेशबाट फर्किएपछि विवाह गर्ने समझदारी भएको रहेछ। दुर्भाग्य, लक्ष्मीको प्रदीपसँग भेट नभएरै जीवन लिला समाप्त भयो।’

प्रदीपले दिएको रोल्पास्थित घरको ठेगाना पछ्याउँदै करिब ७र८ महिनाअघि लक्ष्मी उनको घर पुगेकी थिइन्। घरमा प्रदीपका ८७ वर्षीय बुवा भाइराम दमाई एक्लै बस्थे।

आफू घरमा नभए पनि रेखदेख र घर गृहस्थी सम्हाल्न बुहारी आएपछि भाइराम मख्ख थिए। लक्ष्मीले ससुराको रेखदेखदेखि घरगृहस्थीको काम राम्रोसँग गर्दै आएकी थिइन्।

विवाह नै नगरी लक्ष्मी प्रदीपको घरमा आएको देखेर कतिलाई अचम्म लागे पनि उनीहरूको जिन्दगी सबै राम्रै चल्दै थियो। प्रदीपले विदेशबाट लक्ष्मीलाई पटकरपटक पैसा पठाउँथे। लक्ष्मी पनि इमान्दारीपूर्वक घर चलाइरहेकी थिइन्।

त्यही क्रममा लक्ष्मी आइतबार घाँस काट्न भनेर बाख्रासहित नजिकै जंगलमा गइन्। साथमा अरू गाउँले पनि थिए।

लक्ष्मीलाई गाउँलेले उनी हिँड्न थालेको बाटो धेरै अप्ठेरो भएको हुँदा नजान भनेका थिए।

‘उहाँ अघि(पछि पनि आफू त्यो बाटो हिँडेको भन्दै सहजै हिँड्न सक्ने भन्दै अगाडि बढ्नुभएछ,’ डिएसपी सुवेदीले भने, ‘तर के मिलेन, भिरबाट लड्नु भयो र घटनास्थलमै मृत्यु भयो।’

घटनास्थलमा पुगेको प्रहरी टोली हेर्दा लक्ष्मीले आफू जोगिन बुट्यान तथा झारजंगल समात्न प्रयत्न गरेको देखिएको डिएसपी सुवेदीले बताए।

‘भिरको माथिल्लो भागदेखि नै उहाँका कपडाका टुक्राटाक्री फेला परेका छन्। कतै झार नै उखेलिएको छ,’ डिएसपी सुवेदीले भने, ‘भिरबाटै पल्टिदै मुनि पुग्दा उहाँको शरीरै भरी घाउ चोट लागेको छ।’

घटना आइतबार बेलुका पाँच बजेतिर भएको सुवेदीले बताए।

खबर पाएपछि प्रहरी घटनास्थल पुगेर उद्धार गरी अस्पताल पुर्‍याएको भए पनि चिकित्सकले लक्ष्मीलाई मृत घोषणा गरेका थिए।

लक्ष्मीको मृत्युपछि भोजपुरको षडानन्द नगरपालिकास्थित लक्ष्मीको परिवार ९माइती घरमा० डिएसपी सुवेदीले आफैं फोन सम्पर्क गरी जानकारी दिएका थिए।

‘मैले लक्ष्मीका दाजु सुरेन्द्र राईसँग फोनमा घटनाबारे कुरा गरे,’ डिएसपी सुवेदीले भने, ‘सुरेन्द्रजीले घटना शंकास्पद रहे दोषीलाई कारबाही गर्न र अन्यथा त्यताको परम्पराअनुसार अन्तिम संस्कार गरिदिन आग्रह गर्नुभएको छ।’

सुरेन्द्रले आफूहरू धेरै टाढा भएकाले आउन सम्भव नभएको भन्दै परम्परा अनुसार राम्रोसँग अन्त्येष्टि गरिदिन आग्रह गरेको डिएसपी सुवेदीले जानकारी दिए ।

त्यही सल्लाहअनुसार शव पोष्टमार्टमका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको डिएसपी सुवेदीले बताए।

पोष्टमार्टमपछि शव रोल्पा फिर्ता ल्याएर सबै प्रक्रिया पूरा गरी लक्ष्मीको अन्त्येष्टि गरिदिने डिएसपी सुवेदीले जानकारी दिए।

गत आर्थिक वर्ष भिरबाट लडेर २५ जनाको मृत्यु

जिल्ला प्रहरी प्रमुख सुवेदीका अनुसार गत आर्थिक वर्षमा मात्रै रोल्पामा भिरबाट लडेर २५ जनाको मृत्यु भएको छ। विभिन्न ठाउँमा भएका अलगरअलग घटनामा २५ जनाको मृत्यु भएको सुबेदीले बताए।

त्यस्तै उनले सोमबार दिउँसो ४ बजेतिर मात्रै परिवर्तन गाउँपालिका वडा नं। २ का ५५ वर्षीय भिमप्रसाद खत्रीको मृत्यु भएको जानकारी दिए। रोल्पामा चालु आर्थिक वर्षमा भिरबाट लडेर चार जनाको मृत्यु भइसकेको छ।

‘मदिरा सेवन गरी हिँड्नेहरू बढी दुर्घटनामा परेको देखिन्छ,’ सुवेदीले भने, ‘मेलापात गएकाहरू पनि भिरबाट लडेर मृत्यु हुने गरेको पाइएको छ।’

#सेतोपाटी बाट सामभार