आईपीएलमा बैंगलोरसँग मुम्बई पराजित

आईपीएल

एजेन्सी– ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल मा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ।

दुबईमा आइतबार भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो। बैंगलोरले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रन बनाए। क्विन्टन डी ककले २४ रन बनाए। बैंगलोरका हर्सल पटेलले ह्याट्रिकसहित ४ विकेट लिए। युजभेन्द्र चाहलले ३ तथा ग्लेन म्याक्सवेलले २ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो।

बैंगलोरका ग्लेन म्याक्सवेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान विराट कोहलीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए। यस जितसँगै बैंगलोरले १० खेलमा १२ अंक जोडेको छ। बैंगलोर तेस्रो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *