काठमाडौं – नेकपा माओवादी केन्द्र को स्थायी समितिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो बसेको बैठकले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
महराले भन्नुभयो अहिले पाँच दलको बैठकमा छलफल हुँदैछ । भोलिसम्म मन्त्रिपरिषद् विस्तार भइसक्छ । मन्त्री छान्ने जिम्मेवारी अध्यक्षलाई दिइएको छ,’ २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउन गरिएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले शीर्ष नेताको बैठकपछि त्यसको टुंगो लाग्ने जानकारी दिनुभएको थियो ।