सत्यपत्रिका
२०७८ आश्विन ६, बुधबार
प्रकाशित

सुर्खेत ( सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको १ नम्बर वडा कार्यालयमा आगजनी गरिएको छ । आज विहान करिव साढे १० बजेतिर वडाअध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा आगजनी गरिएको हो ।
सोही वडाका स्थानीय वास्ताम लामिछानेले आगजनी गरेको हुनसक्ने वडाअध्यक्ष सुनारले आरोप लगाएका छन् । ‘स्थानीय वास्ताम लामिछानेले १० बजेपछि फोन गरेका थिए । आफु नगरपालिकाको गोष्ठीमा सहभागी भएकोले कार्यावाहकको जिम्मेवारीमा दिएको लामिछानेलाइ जानकारी गराए ।’ वडाअध्यक्ष सुनारले भने, ‘मलाई सवा दश बजेतिर अफिसको नम्बरबाट ती व्यक्तिले फोन गरेर दश बजे अफिस किन नआएको भन्दै तेरो घाँटी काटि चिलाएको हो भन्दै घाँटी काटिदिने र वडा कार्यालय जलाइदिने धम्की दिएका थिए ।’
आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष वस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको वडा अध्यक्ष सुनारले जानकारी दिए ।
घटनास्थलमा नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले पुगेर निरीक्षण गरेका छन् । उनले सरकारी सम्पतीमाथि क्षति पु¥याउने कसैलाई पनि कानुनले नछोड्ने बताए । अहिले वडा कार्यालयमा प्रहरीले मुचुल्का गर्दैछ । घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान भैरहेको र वास्ताम फरार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।